नेभिगेशन
समाचार

एकतर्फ जनकपुरमा बालेन–रविको संयुक्त सन्देश, अर्कोतर्फ रा स्व पा ले मोरङ–१ बाट यज्ञमणि न्यौपानेलाई टिकट

एकतर्फ जनकपुरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रा स्व पा) का सभापति रवि लामिछानेले संयुक्त मन्तव्य दिँदै वैकल्पिक राजनीतिक धारलाई सशक्त बनाइरहँदा, अर्कोतर्फ रा स्व पा ले मोरङ क्षेत्र नम्बर १ बाट यज्ञमणि न्यौपानेलाई प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बनाएको छ।

पार्टी कार्यालयमा भएको निर्णयअनुसार यज्ञमणि न्यौपानेलाई संसद् सदस्यका लागि मनोनयन गरिएसँगै उनले सामाजिक सञ्जालमार्फत आफ्नो भाव सार्वजनिक गरेका छन्। टिकट पाउनु अधिकार होइन, कर्तव्य भएको उल्लेख गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्ने प्रतिबद्धता जनाएका छन्।

फेसबुक स्टाटसमा उनले लेखेका छन्,

“राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा संसद्को मनोनयन गरी जिम्मेवारी दिएको छ। प्राप्त जिम्मेवारी र पार्टीले दिएको विश्वासलाई पूर्णरूपमा पालना गर्दै नागरिक स्तरमै गएर पार्टीका एजेन्डालाई स्थापित गर्ने वाचा गर्दछु।”

उनको अभिव्यक्तिले रा स्व पा को संगठन विस्तार र जनआधारित राजनीतिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। पार्टीले वैकल्पिक राजनीति र उत्तरदायी नेतृत्वको सन्देशसहित मोरङ–१ मा सशक्त प्रतिस्पर्धा गर्ने संकेत दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update