नेभिगेशन
समाचार

सातौँ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार तथा बर्दिया माघ महोत्सव समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न


बाँसगढी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ बाँसगढी औद्योगिक कृषि, पर्यटन, व्यापार तथा बर्दिया माघ महोत्सव समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
महोत्सवको उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको सभाअध्यक्षता बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष बद्री बरालले गर्नुभयो।
कार्यक्रममा कर्णाली प्रदेश उद्योग वाणिज्य संघका अध्यक्ष, बर्दिया जिल्लाका केन्द्रीय, प्रदेश, जिल्ला तथा स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै बाँसगढी नगरपालिकाका मेयर खडक बहादुर खड्कासहित नगरपालिकाका सबै वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो।
महोत्सवमा यस क्षेत्रका स्थानीय कला, संस्कृति, मौलिक भेषभूषा र झाँकीसहितका प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए, जसले दर्शकको ध्यान आकर्षित गर्‍यो। उद्घाटनकै दिन हजारौँ दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ।
उद्घाटनको दिन भएकाले राष्ट्रिय कलाकारहरूको प्रस्तुति नभए पनि भोलिदेखि राष्ट्रिय कलाकारहरूको प्रस्तुति सुरु हुने बताइएको छ। भोलि कमल बि.सी. माल्दाईलगायत चर्चित कलाकारहरूको आगमन हुने कार्यक्रम रहेको छ।
महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन, पर्यटन विकास र व्यापारिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update