नेभिगेशन
समाचार

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काउने छौँः प्रचण्ड (पूर्णपाठ)

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताएका हुन्। उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि सुरु गर्ने बताए। उनले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताको शक्ति लिएर अपराधका फाइलहरु पुनः खोल्ने बताएका हुन्।

उनले लोकतन्त्रको सर्भिसिङ र सुशासन फेरि सुरु गर्ने बताए। उनले विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्ने दाबी गरे।

उनले अहिलेको सरकारसँग जनता खुशी नभए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी रहेको बताए।

उनले भने, ‘अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुशी छन्। तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन। तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन्। म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन्। जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल। फेरि शुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन। फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिको गठजोड।’ 

सम्माननीय सभामुख महोदय,

सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु।

संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ । प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध छौं । तर, सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ ।  उनको भनाइ रहेकाे थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update