नेभिगेशन
समाचार

विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेरै जानेछौँ

नेपाली कांग्रेसका नेता केदार कार्कीले विशेष महाधिवेशनमार्फत पार्टीको नेतृत्व परिवर्तन गरेरै जाने स्पष्ट धारणा राखेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले भने, “हामी नेतृत्व फेरेर जान्छौँ।”
कार्कीले नियमित महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिँदै, यदि त्यो सम्भव नभए निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा आफू रहेको बताए। नेपाली कांग्रेस कुनै व्यक्ति वा ‘मालिकको आदेश’मा चल्ने पार्टी नभई आम कार्यकर्ताहरूले बनाएको संरचना भएको उनले उल्लेख गरे।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका कार्कीले आफू नेता शेखर कोइरालाका प्रतिनिधिका रूपमा विशेष महाधिवेशनमा सहभागी भएको जानकारी गराए। शेखर कोइरालाले उठाउँदै आएको आवाजलाई साकार पार्ने उद्देश्यले नै आफू महाधिवेशनस्थलमा आएको उनको भनाइ थियो।
उनका अनुसार शेखर कोइरालाले यसअघि नै नियमित महाधिवेशन समयमै हुनुपर्ने, नभए विशेष महाधिवेशनको विकल्पमा जानुपर्ने धारणा सार्वजनिक गरिसकेका छन्। “उहाँको भौतिक उपस्थिति नभए पनि म उहाँको प्रतिनिधिका रूपमा यहाँ आएको हुँ,” कार्कीले भने।
नेता कार्कीले विशेष महाधिवेशनले नेपाली कांग्रेसभित्रको गुटगत राजनीतिलाई अन्त्य गरेको सन्देश दिने विश्वास व्यक्त गरे। उनले भने, “अब कांग्रेसमा इतर र भितर छैन भन्ने सन्देश दिनका लागि पनि हामी विशेष महाधिवेशनमा आएका हौँ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update