नेभिगेशन
समाचार

छेडागाडमा बोलेरो दु”र्घटना दुई जनाको घटनास्थलमै मृ”त्यु, घाइतेहरूको उद्धार जारी

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ९ बाट हिँडेको बोलेरो गाडी छेडागाड–८ को घोगीगाउँभन्दा तल बार्न–नाउरिघाट भन्ने स्थानमा दु”र्घटनामा पर्दा दुई जनाको घटनास्थलमै मृ”त्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्।

दु”र्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाएका छन्। घाइतेहरूको अवस्था बुझ्ने र आवश्यक उपचारको व्यवस्था गर्न सम्बन्धित निकाय सक्रिय रहेको जनाइएको छ।

अचानक भएको यस दु”र्घटनाले सिंगो क्षेत्र शोकमा डुबेको छ। समाचारदाता : लोकेश बिक्रम शाही जाजरकोट ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update