नेभिगेशन
समाचार

जनयुद्ध हिंसा नै थियो, यो दिवस मनाउनुको कुनै औचित्य छैनः पूर्व माओवादी नेता बादल

जनयुद्ध हिंसा नै थियो, यो दिवस मनाउनुको कुनै औचित्य छैनः पूर्व माओवादी नेता बादल

काठमाडौं, २४ माघ । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन् । बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए ।

जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो । त्यहाँ मर्ने र मार्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष (केपी ओली) को भनाइमा मेरो कुनै आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’– उनले भने ।

पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्ध हिंसा नै हुने बताएका हुन् । प्रत्येक हिंसालाई युद्ध मान्न नसकिने उनको तर्क छ । नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको बताए ।


माओवादीले जनयुद्ध दिवस मनाउने भनेर निर्णय गर्यो, उनीहरुको सरकार हुँदा । हुन त पछि अदालतले त्यसलाई खारेज गर्दिएछ । जनयुघद्ध दिवस मनाउने होईन, कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीहरुको एक ढंगको स्टन्टबाजी हो । गणतन्त्र दिवस मनाउने हो,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र) फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेला सरकारले जनयुद्ध दिवसमा सार्वजनिक विदासमेत दिएको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट परेपछि सो विदा खारेज भइुसकेको छ । यद्यपि माओवादी केन्द्रले भने २०५१  साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको दिनलाई जनयुद्ध दिवसको रुपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update