नेभिगेशन
समाचार

भगवती माध्यमिक विद्यालय कुशे–३ भेटुखानामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन

जाजरकोटको कुशे गाउँपालिका–३ भेटुखानामा अवस्थित श्री भगवती माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन गरिएको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्पूर्ण अभिभावकहरूको व्यापक छलफल र सहमतिपछि सर्वसम्मत रूपमा नयाँ समिति चयन गरिएको हो। गठन प्रक्रियामा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवगठित समितिको अध्यक्षमा यसअघि पनि दुई पटक यही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका अम्बर बहादुर रोकाय चयन हुनुभएको छ। समितिका सदस्यहरूमा करे चदारा, औसरा जैसी र भिमा नेपाली चयन हुनुभएको छ।
कार्यक्रममा उपस्थित अभिभावकहरूले नयाँ समितिले विद्यालयको शैक्षिक गुणस्तर सुधार, व्यवस्थापन सुदृढीकरण तथा विद्यार्थी हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update