नेभिगेशन
समाचार

नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन नगरप्रमुखसहित १४ जनाविरुद्ध ३ करोडको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन नगरप्रमुखसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।


आयोगले आइतबार तत्कालीन नगरप्रमुख दीपक विक्रम शाह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, तत्कालीन अधिकृत छैटौँ नरेन्द्रनाथ, तत्कालीन इन्जिनियर पारस खाती, तत्कालीन सब–इन्जिनियर गणेशराज रेग्मी लगायत १४ जनाविरुद्ध आरोपपत्र दायर गरेको हो। उनीहरुविरुद्ध जनही ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
अख्तियारका अनुसार बुढीगंगा नगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार गर्ने उद्देश्यले पूर्वनिर्धारित योजनाअनुसार अमुक निर्माण व्यवसायीसँग मिलेमतो गरी अनावश्यक रूपमा प्रतिस्पर्धा साँघुरो पार्दै ठेक्का लगाइएको उजुरी परेको थियो।
उजुरीका आधारमा गरिएको छानबिनका क्रममा तत्कालीन नगरप्रमुख शाहसहितका प्रतिवादीहरूले आपसी मिलेमतोमा आफूहरूलाई लाभ र नगरपालिकालाई हानि–नोक्सानी पुर्‍याउने उद्देश्यले कार्य गरी ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अख्तियारको ठहर रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update