नेभिगेशन
समाचार

एमालेबाट जाजरकोटमा पाँचजनाको सिफारिस

नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीको आठौँ बैठकले सर्वसम्मत रूपमा पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।


जिल्ला कार्यवाहक अध्यक्ष विश्व विक्रम शाहका अनुसार पुरुषतर्फ निरजप्रसाद आचार्य, डम्मरबहादुर सिंह, नारायण घर्ती र गणेश थापाको नाम सिफारिस गरिएको छ भने महिलातर्फ कौशिला खत्रीको नाम सिफारिस गरिएको छ।


पार्टीभित्र व्यापक छलफलपछि संगठनप्रति प्रतिबद्ध, योग्य र निर्वाचन जित्ने क्षमता भएका नेताहरूको नाम सिफारिस गरिएको अध्यक्ष शाहले बताए। उनले पार्टीको नीति, विचार र संगठन मजबुत बनाउन सक्ने नेतृत्व आवश्यक भएकाले त्यसअनुसार नाम छनोट गरिएको स्पष्ट पारे।
सिफारिस प्रक्रियामा समावेश सबै नेताहरूले पार्टीको निर्णयलाई सम्मान गर्दै निर्वाचन तयारीमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस्तै केन्द्रीय सदस्य निरज आचार्यले उम्मेदवार चयनको अन्तिम निर्णय केन्द्रीय नेतृत्वले गर्ने बताउँदै जाजरकोटबाट पार्टी एकता र बलियो सन्देश केन्द्रमा पठाइएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update