नेभिगेशन
समाचार

लुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता नियमावली संशोधन स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्राइभेट फर्म दर्ता पहिलो संशोधन नियमावली, २०७६ तथा साझेदारी पहिलो संशोधन नियमावली, २०७६ स्वीकृत गरेको छ। मन्त्रिपरिषद् बैठकले व्यवसाय दर्ता प्रक्रियालाई थप सरल र प्रभावकारी बनाउने उद्देश्यले यी नियमावलीहरू पारित गरेको हो।
बैठकले कपिलवस्तुको शिवराज बसपार्क तथा हाटबजार निर्माण आयोजनालाई स्थानीय तहको प्राथमिकता प्राप्त आयोजना घोषणा गर्दै संघीय सरकारसमक्ष अनुरोध गर्न पठाउने निर्णय गरेको छ। साथै प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक लुम्बिनी प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी दर्ता भएका निजी वनबाट सालका रूख कटान, उपयोग, ओसारपसार, बिक्री वितरण तथा नियमनसम्बन्धी व्यवस्थापन निर्देशिका, २०८२ पनि स्वीकृत गरिएको छ।
बैठकले शम्भुप्रसाद मैनाली र विनोद लामिछानेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, बन्धुप्रसाद बस्तोलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा, खिमबहादुर रायमाझीलाई प्रदेश लोकसेवा आयोगमा तथा खिमबहादुर कुँवरलाई युवा तथा खेलकुद मन्त्रालयमा थप जिम्मेवारी दिएको छ।


यस्तै अनिल मरासिनीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक जिम्मेवारी वहन गर्ने गरी निमित्त प्रदेश सचिवको जिम्मेवारी तोकिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update