नेभिगेशन
समाचार

पूर्व राजा ज्ञानेन्द्र सुटुक्क काली मन्दिरमा दर्शन

पूर्व राजा ज्ञानेन्द्र शाह राजावादी समूह र सुरक्षाकर्मीलाई समेत जानकारी नदिई सुटुक्क विराटनगरस्थित काली मन्दिरमा दर्शनका लागि पुगेका छन्।
उनी मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित पुजारीहरू भने त्यहाँ उपस्थित थिए। मन्दिर पुगेपछि पूर्व राजा शाहले विधिपूर्वक पूजा–आराधना गरेका थिए।
पूर्व राजा मन्दिर परिसरमा पुगेपछि मात्र केही सुरक्षाकर्मीहरू त्यहाँ आइपुगेका थिए। सो अवसरमा अध्यक्ष नेपालले पूर्व राजा शाहलाई काली मन्दिरको धार्मिक तथा ऐतिहासिक महत्वबारे जानकारी गराएकी थिइन्।
करीब १० मिनेट जति मन्दिरमा बिताएपछि पूर्व राजा शाह फर्किएका थिए। उनी केही दिनदेखि झापाको दमकस्थित आफ्नै चिया बगानमा बस्दै आएका छन्। बिहान चिया बगानबाटै सुटुक्क विराटनगर आइपुगेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update