नेभिगेशन
समाचार

निर्वाचनपछि पनि एमाले–कांग्रेसबाहेक अरूले सरकार बनाउन सक्दैनन् : ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि पनि नेकपा एमाले र नेपाली कांग्रेसबाहेक अन्य कुनै दलले सरकार बनाउन नसक्ने दाबी गरेका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदलाई लिएर भएका सहमति र भागबण्डालाई आलोचना गर्दै एमाले–कांग्रेसजस्ता ठूला दलबाहेक अरूले सरकार सञ्चालन गर्न सक्ने हैसियत नराख्ने बताएका हुन् ।


‘कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु आफैंमा हास्यास्पद कुरा हो,’ ओलीले भने, ‘प्रधानमन्त्रीको हल्ला चलेको व्यक्ति अलि बाठो होला भन्ने ठानेको थिएँ, तर निर्णय देख्दा हाँस्यास्पद लाग्यो । पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कैलाई जिम्मा लगाएर आफू प्रधानमन्त्री भनिएको छ ।’
उनले यस्तो अवस्था ‘जहाँ भेट्यो त्यहीं प्रधानमन्त्री बाँड्ने’ प्रवृत्तिजस्तै भएको टिप्पणी गर्दै गम्भीर शासन व्यवस्था यसरी नचल्ने बताए । ‘यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन,’ ओलीले कटाक्ष गरे ।
अध्यक्ष ओलीले साना दलहरूको गठबन्धनप्रति पनि टिप्पणी गर्दै ‘घैँटाको पानीले सागर नबन्ने’ र ‘भेडा–बाख्राको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने’ उखान प्रयोग गरे । एमाले र कांग्रेस पुराना, ठूला र लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै उनले यिनै दलहरू सरकार निर्माणका वास्तविक आधार भएको जिकिर गरे ।
उनले वर्तमान राजनीतिक अवस्थालाई संविधानविपरीत भएको बताउँदै निर्वाचन हुन सक्ने वातावरण नबनेको अवस्थामा असंवैधानिक रूपमा विघटन गरिएको संसद पुनःस्थापना हुनुपर्ने धारणा राखे । सरकार बनाउने र हटाउने अधिकार संसदसँग मात्रै भएको उल्लेख गर्दै ओलीले संसद विघटनले संविधान नै संकटमा परेको बताए ।
‘सरकार बनाउने र हटाउने थलो संसद हो । असंवैधानिक व्यक्तिले संसद विघटन गरेर संविधानलाई संकटमा पारेको छ,’ ओलीले भने । साथै, संसद पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले छिटो न्याय दिनुपर्नेमा उनले जोड दिए ।
अध्यक्ष ओलीको यो अभिव्यक्तिले निर्वाचनअघिको राजनीतिक बहसलाई थप चर्काउने संकेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update