नेभिगेशन
समाचार

आम्दानी–खर्चमा १ खर्ब ७३ अर्बको खाडल, चुनावी खर्च व्यवस्थापनमा अर्थ प्रशासन दबाबमा

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सरकारको आम्दानी र खर्चबीच १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको खाडल देखिएको छ । यसले सरकार थप दायित्वको चापमा रहेको स्पष्ट संकेत गरेको छ ।
यहीबीच निर्वाचन आयोग र राजनीतिक दलहरू आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका छन् । सरसर्ती हेर्दा देशमा चुनावी माहोल बन्दै गएको देखिए पनि अर्थ प्रशासनका लागि भने स्रोत व्यवस्थापन ठूलो चुनौतीका रूपमा उभिएको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नु, अपेक्षित मात्रामा वैदेशिक अनुदान प्राप्त नहुनु र अनिवार्य दायित्वका कारण चालु खर्च कटौती गर्न नमिल्ने अवस्थाले आर्थिक व्यवस्थापन थप जटिल बनेको हो । तलब, भत्ता, सामाजिक सुरक्षा भत्ता, ऋणको ब्याज भुक्तानीजस्ता खर्च कटौती गर्न नसकिने भएकाले निर्वाचनसम्बन्धी अतिरिक्त खर्च जुटाउन दबाब बढेको मन्त्रालयको भनाइ छ ।
सरकारले आर्थिक अनुशासन कायम गर्दै आन्तरिक ऋण, विकास खर्चको प्राथमिकता पुनःनिर्धारण तथा खर्च कटौतीका विकल्पहरू खोजिरहेको भए पनि छोटो समयमै आवश्यक स्रोत व्यवस्थापन सहज नहुने संकेत देखिएको छ ।
आम्दानी–खर्चको बढ्दो असन्तुलनबीच निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने चुनौती सरकारका लागि आर्थिक र प्रशासनिक दुवै हिसाबले गम्भीर बन्दै गएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update