नेभिगेशन
समाचार

कुलमानलाई रास्वपामा उपसभापति जिम्मेवारी, दोस्रो तहको नेतृत्व पक्का

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कुलमान घिसिङ उपसभापतिसहित दोस्रो वरीयताका नेता बन्ने भएका छन्। घिसिङको सचिवालयका अनुसार रास्वपाभित्र उनको भूमिका र वरीयता टुंगो लगाउने विषयमा सोमबार सहमति भएको हो।


सहमति अनुसार घिसिङ पक्षले समानुपातिकतर्फ १६ प्रतिशतभन्दा बढी हिस्सा लिने व्यवस्था तय भएको सचिवालय स्रोतले जनाएको छ। उक्त सहमतिको जानकारी स्रोतले जिम्मेवार न्युजलाई दिएको छ।
यसअघि आज मात्रै रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच आगामी निर्वाचनमा सँगै जाने सहमति भइसकेको छ। तीन नेताबीचको सहमतिलाई वैकल्पिक राजनीतिक शक्तिको साझा मोर्चाका रूपमा हेरिएको छ।


रास्वपाभित्र घिसिङको प्रवेश र नेतृत्व भूमिकालाई संगठन विस्तार र चुनावी रणनीतिमा महत्वपूर्ण मानिएको छ। विशेषतः ऊर्जा क्षेत्रमा देखाएको कार्यक्षमता र जनस्तरको लोकप्रियताका कारण घिसिङको सहभागिताले पार्टीलाई थप बल पुग्ने नेताहरूको विश्वास छ।
रास्वपाले आगामी दिनमा संगठनात्मक संरचना, उम्मेदवार छनोट र चुनावी एजेन्डालाई साझा सहमतिमै अघि बढाउने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update