नेभिगेशन
समाचार

नयाँ राजनीतिक शक्तिहरूको एकतामा मेयर बालेन सकारात्मक, खगेन्द्र सुनारसँग भेटमा सहकार्यको संकेत

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँ राजनीतिक शक्तिहरूसँग सहकार्यको इच्छा व्यक्त गर्नुभएको छ। हाम्रो नेपाल पार्टीका अध्यक्ष खगेन्द्र सुनारसँग भएको भेटवार्तामा मेयर साहले आफू राजनीतिमा प्रवेश गरेको र नयाँ पार्टीहरूको साथ–सहयोग आवश्यक रहेको धारणा राख्नुभएको अध्यक्ष सुनारले जानकारी दिनुभयो।


भेटका क्रममा मेयर साहले ‘म राजनीतिमा आएको छु, तपाईँहरूको साथ–सहयोग के छ ?’ भनी स्पष्ट रूपमा जिज्ञासा राख्नुभएको सुनारले बताउनुभयो। छलफलमा जेन–जी समूहले उठाउँदै आएको भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र वैकल्पिक राजनीतिक धारलाई कसरी अघि बढाउने भन्ने विषयमा गम्भीर कुराकानी भएको बताइएको छ।


अध्यक्ष सुनारका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा नयाँ पार्टीहरूबीच एकता र सहकार्य अपरिहार्य रहेको विषयमा दुबै पक्ष सहमत देखिएका छन्। विशेषगरी पुराना दलहरूबाट निराश बनेका युवा पुस्ताको आवाजलाई संस्थागत रूपमा अघि बढाउन नयाँ राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने निष्कर्षमा कुराकानी केन्द्रित रहेको थियो।
‘नयाँ पार्टीहरू एकजुट भएर अगाडि बढ्नुपर्ने विषयमा मेयर बालेन साह सकारात्मक देखिनुभएको छ,’ अध्यक्ष सुनारले भन्नुभयो।
भेटवार्तालाई आगामी दिनमा वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। भ्रष्टाचारविरुद्धको अभियान, सुशासन र युवामैत्री राजनीतिलाई केन्द्रमा राख्दै नयाँ दलहरूबीच सहकार्यको सम्भावना बढ्दै गएको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update