नेभिगेशन
समाचार

पूर्णबहादुर कमजोर हुँदा देउवा फेरि बलिया

असोज २८ गते कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक तोकेर सिंगापुर प्रस्थान गरेपछि पार्टीको कार्यकारी भूमिकाबाट अलग हुने प्रष्ट संकेत दिएका थिए। तर, अढाई महिना नपुग्दै देउवाले आफ्नो पूर्वनिर्णयबाट पछि हट्दै पुनः पार्टी गतिविधिमा सक्रियता बढाउन थालेका छन्।

 


सिंगापुर भ्रमणपछि स्वदेश फर्किएका देउवा पछिल्ला दिनहरूमा कांग्रेसका आन्तरिक छलफल र निर्णय प्रक्रियामा सक्रिय देखिन थालेका हुन्। उनको पुनरागमनका लागि कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नै बाटो सहज बनाइदिएको कांग्रेसभित्र चर्चा छ।
यसबीच, कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिरहेका खड्कालाई पार्टीभित्र ‘दृश्यमान दुस्मन’ का रूपमा हेर्दै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले समेत आफ्नो धारणा नरम बनाएको देखिन्छ। खड्काप्रति उनीहरूको दृष्टिकोण परिवर्तन भएपछि देउवाको सक्रियता अझ सहज बनेको विश्लेषण गरिएको छ।


विगतको संसदमा कांग्रेसपछिको दोस्रो ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘धाप’ तथा कांग्रेसभित्रकै निकट समूहबाट आएको ग्रीन सिग्नलले देउवालाई पुनः कार्यकारी भूमिकामा फर्कन प्रेरित गरेको बताइन्छ।
थुप्रै भित्री तथा बाहिरी तयारीपछि असोज २८ मा कार्यकारी जिम्मेवारीबाट अलग हुने निर्णय लिएका देउवाले अब फेरि पार्टीको नेतृत्व सम्हाल्ने संकेत दिएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ तरंग देखिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update