नेभिगेशन
समाचार

National Youth Volunteer Award–2025 बर्दियाका एकनारायण अधिकारी सम्मानित

BAS Nepal संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको National Youth Volunteer Award–2025 यो वर्ष बर्दिया जिल्लाका सक्रिय युवा समाजसेवी एकनारायण अधिकारीलाई प्रदान गरेको छ। विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा समर्पित रहँदै आएका अधिकारीले बालविवाह विरुद्धको अभियान, लागुऔषध दुव्र्यसन न्यूनीकरण, तथा धार्मिक–सांस्कृतिक गतिविधिहरूमा जनचेतना अभिवृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा सम्मानित गरिएको हो।

सानै उमेरदेखि सेवाभावलाई जीवनको माध्यम बनाएका अधिकारी सामाजिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। विशेष गरी कोभिड–१९ महामारीको जटिल अवस्थामा आफ्नो ज्यान जोखिममा राखेर समुदायमा स्वास्थ्य सेवा, शिक्षा, साहित्य तथा राहत व्यवस्थापनमा पुर्याएको योगदानलाई संस्थाले “अमूल्य” भन्दै उच्च प्रशंसा गरेको छ।

सम्मान प्राप्त गरेपछि अधिकारीले सामाजिक सञ्जालमार्फत कृतज्ञता प्रकट गर्दै लेखेका छन्,
“यो अवार्ड प्राप्तिमा साथ र सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। समाजले दिएको यो पहिचानले अझ जिम्मेवार भएर समाजका लागि निरन्तर समर्पित रहने ऊर्जा थपेको छ।”

BAS Nepalले अधिकारीको यो प्रयास आगामी पुस्ताका लागि प्रेरणादायी भएको बताउँदै युवाहरूलाई सामाजिक उत्तरदायित्वतर्फ उन्मुख गराउने अभियानलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update