नेभिगेशन
समाचार

कर्णालीको पहिचान बनेकी उपाध्यक्ष देविका सिंह शि–लिड्स आइकन अवार्डको उत्कृष्ट ७ महिला नेतृत्वमा चयन

जाजरकोट– कर्णाली प्रदेशका लागि गर्वको क्षण! कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंह नेपाली महिला जनप्रतिनिधि सशक्तिकरण र संचार क्षमतामा देखाएको अद्वितीय योगदानका आधारमा शि–लिड्स आइकोन नेपालको दोस्रो अवार्ड समारोहमा मुलुकभरिका उत्कृष्ट ७ जना महिला नेतृत्वमध्ये छनोट हुन सफल भएकी छन ।

महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि र प्रभावकारी संचार अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी सिंहलाई यस सम्मानले कर्णाली प्रदेशको प्रतिनिधिका रूपमा राष्ट्रिय स्तरमा उजागर गरेको छ। स्थानीय शासनमा पारदर्शिता, उत्तरदायित्व र समावेशी नेतृत्वलाई प्राथमिकता दिँदै अघि बढेकी उनी अब देशभरका प्रेरणादायी महिला नेतृहरूमध्ये एकका रूपमा स्थापित भएकी छन्।

उनीको चयनले कुशे गाउँपालिका मात्र होइन, सम्पूर्ण कर्णालीले गर्व गर्ने अवसर पाएको छ ।

उपाध्यक्ष देविका सिंहलाई हार्दिक बधाई तथा सफल भविष्यका लागि शुभकामना!

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update