नेभिगेशन
समाचार

सुर्खेतमा स्कुल बस–मोटरसाइकल ठोक्किँदा एक युवकको दुःखद मृ**त्यु

सुर्खेतस्थित वीरेन्द्रनगर–१२ चाँदनी चौकमा सैनिक आवासीय विद्यालयको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृ**त्यु भएको छ। नेवारेतर्फ जाँदै गरेको सैनिक आवासीय महाविद्यालय मंगलगढीको बा.प्र.०१–००४ क ५५७४ नम्बरको स्कुल बसले भे. ८ प. ४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते भएका वीरेन्द्रनगर–७ निवासी अन्दाजी २३ वर्षीय महेश सापकोटालाई तत्काल प्रदेश अस्पताल पुर्याइए पनि उपचारका क्रममा मृ**त्यु भएको प्रहरीले पुष्टि गरेको छ।

 

घटना भएपछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियाहरू सुरू गरेको छ। भीडभाडयुक्त क्षेत्रमा भएका यस्ता दुर्घटनाले फेरि एक पटक सडक सुरक्षा र सतर्कताका आवश्यकताप्रति सबैको ध्यान आकर्षित गरेको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update