नेभिगेशन
समाचार

त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षमाथि व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको आरोप

त्रिवेणी गाउँपालिका अध्यक्ष, उपाध्यक्षमाथि व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको आरोप

लुम्बिनी प्रदेशसभामा मंगलबार रोल्पाको निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद दीपेन्द्रकुमार पुन मगर ‘सिजल’ले स्थानीय तहका जनप्रतिनिधिले व्यसायीसँग दुई करोड रुपैयाँ मागेको आरोप लगाएका छन्। 

गत प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा चुनाव जिते पनि पछि नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका सिजलले आफ्नै राजनीतिक थलो रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमाथि

अहिले पनि बुढागाउँ क्षेत्रमा उत्खननको काम व्यवसायी पिएल संघाइले गरिरहेका छन्। 

पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सिजलले गाउँपालिका अध्यक्ष मगर र उपाध्यक्ष डाँगी निर्वाचित भएपछि काठमाडौंमा संघाइलाई भेट्न गएको बताएका छन्।

काठमाडौं गएका बेला कार्यालयमा नभेटी होटलमा भेट्न गएको र त्यही बेला दुई करोड रुपैयाँ मागेको सिजलको दाबी छ।

‘संघाइलाई होटमा बोलाएर उपाध्यक्षले चुनाव खर्चमा भएको खर्च भन्दै दुई करोड मागे,’ सिजलले भने, ‘संघाइले व्यक्तिगत रूपमा पैसा नदिने बरू विकास–निर्माणतर्फ बाटोघाटो वा पानीको प्रबन्धमा खर्च गर्ने प्रस्ताव गरेछन्। त्यसपछि अध्यक्ष र उपाध्यक्षले उत्खननको काम आफूहरूलाई दिन प्रस्ताव गरेका रहेछन्।’त्यसपछि अध्यक्ष र उपाध्यक्षले उत्खननको काम आफूहरूलाई दिन प्रस्ताव गरेका रहेछन्।’

यस्तो आरोप लगाएका हुन्।

गत स्थानीय तह निर्वाचनमा रोल्पाको त्रिवेणी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) बाट अध्यक्षमा कर्णबहादुर बाँठा मगर र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणि डाँगी निर्वाचित भएका थिए । 

त्रिवेणी गाउँपालिका वडा नम्बर ३ रानागाउँमा रोल्पा चुनढुंगा प्रालि र शिवस्वरूप खनिज उद्योग प्रालिले उत्खननको काम गर्दै आएका छन्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update