नेभिगेशन
समाचार

सर्वोच्च अदालतमा आगजनी प्रकरण : दुई अभियुक्त पक्राउ,

सर्वोच्च अदालत परिसरमा भएको आगजनी प्रकरणमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर–१ का ज्योती थापा घताने र ललितपुर महालक्ष्मीस्थान–५ का सुशील श्रेष्ठ (ब्राउन) रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई नियन्त्रणमा लिएर आपराधिक उपद्रव मुद्दामा सात दिन थुनामा राख्न अदालतबाट म्याद लिएको एसपी पवन भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी छ। आगजनी तथा तोडफोड गर्नेहरूलाई कानुनी कारबाहीको माग गर्दै सर्वोच्च, विशेष तथा जिल्ला अदालतले काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएका छन्।

प्रहरीले यो घटनालाई गम्भीर आपराधिक कृत्य मानेर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update