नेभिगेशन
समाचार

हरिद्वारमा लुटिएका तेजेन्दर शाही र साथी कुल्लुमा सुरक्षित

हरिद्वारमा लुटपाटका क्रममा सम्पर्कविहीन भएका तेजेन्दर शाही र उनीसँगै रहेका अर्को एक जना युवा अहिले भारतको हिमाचल प्रदेश, कुल्लुमा सकुशल रहेको पुष्टि भएको छ। भारतीय एक युवतीले जिम्मेवार न्युज द्वारा प्रकाशित भिडियोमा कमेन्ट गर्दै उनीहरू आफ्नो साथमै सुरक्षित रहेको जानकारी गराएकी हुन्।

त्यसपछि गरिएको म्यासेज संवादमार्फत उनले परिवारजनलाई चिन्ता नलिन आग्रहसमेत गरेकी छिन्। उनका अनुसार दुवै जना पूर्ण रूपमा सुरक्षित छन् र आवश्यक सहयोगका लागि आफू तयार रहेको पनि बताइन्।

बेपत्ता भएको खबरले परिवार र समुदायमा व्यापक चिन्ता सिर्जना गरेको थियो। तर अहिले प्राप्त जानकारीले सबैलाई राहत र खुसी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update