नेभिगेशन
समाचार

कुशे–३ की वडा सदस्य ललिता पुनको निधन

कुशे गाउँपालिका–३ की महिला वडा सदस्य तथा नेतृ ललिता पुनको काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा आज निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गाउँपालिका अध्यक्ष हरचन्द्र बस्नेतको पहलमा तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याई उपचार गरिए पनि बचाउन सकिएन।

उनको उपचारका लागि देश–विदेशबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले निरन्तर आर्थिक सहयोग र प्रार्थना गर्दै आएका थिए। तर भाग्यले साथ नदिँदा समर्पित जनप्रतिनिधि र समाजसेवी ललिता पुनले जीवन गुमाउनु पर्‍यो।

उनको निधनले कुशे गाउँपालिका मात्र होइन, सम्पूर्ण समुदाय शोकमग्न बनेको छ। ललिता पुनको आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update