नेभिगेशन
समाचार

ठाकुरबाबामा गोली काण्ड : सामाजिक अभियन्ता रमेश तिमिल्सिना घाइते

ठाकुरबाबा नगरपालिका वड़ा नं. ३ मा कालगती ले निधन भएको घर मा कुरुवा वस्न गएको  वेला विवादका क्रममा गोली चलेको छ 
इ.प्र.का. बगनाहा भुरिगाउँ बर्दियाका अनुसार मिति २०८२ कार्तिक २३ गते राति करिब ११:१५ बजे  कुरुवा बस्न गएका भुरिगाउँ निवासी ३८ वर्षीय रमेश प्रसाद तिमिल्सिनामाथि गिदरपुर बस्ने २५ वर्षीय तर्क भण्डारी, आकाश शाह , छत्र कार्की , सुरेश कुर्मी ( नेपालगंज),प्रकाश सावद , अजय चन्द , नाम नखुलेको छत्र कार्की को भिनाजु लगायत १०–१५ जनाको समूहले बाटो घेरेर खुकुरी , रड प्रहार गरी चार राउन्ड गोली समेत चलाए का छन गोली हानेर मार्ने उद्देश्य का साथ गोली चलाउदा पेस्तोल छेक्ने क्रम मा घाईते को हात को पन्जा मा गोली लागेको छ ।


कुटपिटका क्रममा तिमिल्सिनाको टाउको, दुबै घुँडा, दायाँ हातको पञ्जा र बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । प्रारम्भिक उपचारका लागि उनलाई नगर अस्पताल भुरिगाउँ लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको स्रोतले जनाएको छ ।
थप जानकारी अनुसार कार्तिक २४ गते बिहान १:३० बजे, तिमिल्सिनालाई कोहलपुर मेडिकल कलेजको आईसीयूमा राखी उपचार भइरहेको र उनको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैबीच प्रहरी टोलीले घटना संग सम्बन्धित व्यक्तिहरूमध्ये एक जना ठाकुरबाबा नगरपालिका ४ का २० वर्षीय प्रकाश साउदलाई कार्तिक २४ गते बिहान ३:१० बजे निजकै घर बाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दिया ल्याएको जनाएको छ ।


यसरी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले बताएको छ ।घाईते तिमिल्सिना सामाजिक सन्जाल मार्फत स्थानी तह मा हुने अनिमियता , भ्रष्टाचार का विरुद्ध निरन्तर आवाज उठाउदै आउनु भएको थियो । यो घटना स्थानीय जनप्रतिनिधि हरु माथी पनी शंका गर्ने धेरै आधारहरु छन यो घटना लाई निष्पक्ष छानविन गर्ने हो भने धेरै भित्री रहस्य बाहिर आउने देखिन्छ । विगत का घटना केलाउने हो भने यो समुह मा रहेका व्यक्तिहरु विभिन्न अपराधिक घटना मा संलग्न भएका रेकर्ड हरु प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मा थुप्रै छन । विगत देखि यस्ता गलत क्रियाकलाप गर्ने समुह लाई विभिन्न राजनितिक दल का नेताहरु को संरक्षण रहेको देखिन्छ र उनिहरु कै रोहबर मा छुट्ने गरेको देखिन्छ । सामान्य विवाद को क्रम मा गोली चल्नु भनेको सामान्य विषय होईन यति वेला बर्दिया जिल्ला मा आम नागरिक ले असुरक्षा महशुस गरिरहेका छन ।

आगामी दिनहरु मा समाजमा शान्तीसुरक्षा कायम गर्ने हो भने यस्ता अपराधिक क्रियाकलाप मा संलग्न लाई कानुन बमोजिम कड़ा भन्दा कड़ा सजाय गर्नु पर्ने स्थानीयले को माग गरेका छन्।

स्रोत: राजिप देवकोटा जैसी बर्दिया 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update