नेभिगेशन
समाचार

सहकारी ठगी मुद्दामा रवि लामिछानेको पेसी तोकियो

सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।

लामिछानेले जिल्लाको आदेशविरुद्ध गत भदौ ९ गते उच्च अदालतमा पुनरावेदन गरेका थिए। यसअघि सहकारी ठगी सम्बन्धी मुद्दा पनि एउटै प्रकृतिको भएको भन्दै संयुक्त रूपमा हेरिएको थियो।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीहरूविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। तर लामिछानेले सो बिगोको चार भागमध्ये आफ्नो जिम्मेवारी एक भाग बराबर पर्ने भन्दै त्यसअनुसार २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेश गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update