नेभिगेशन
समाचार

मेची राजमार्गमा ट्रक र सुमो ठोक्किँदा पाँच जना घाइते

झापाको बुद्धशान्ति गाउँपालिका–३, माथिल्लो धाइजनस्थित मेची राजमार्गमा ट्रक र सुमो ठोक्किँदा पाँच जना घाइते भएका छन्।

गएराति करिब ८:३० बजे बुधबारेबाट चारआलीतर्फ जाँदै गरेको भारतीय सुमो (नं. WB 76 6752) र विपरीत दिशाबाट आउँदै गरेको ट्रक (नं. Me 1 Kha 3367) एकआपसमा ठोक्किएका हुन्।

दुर्घटनामा सुमो चालक भारत दार्जिलिङका ४६ वर्षीय बिसन साशंकर, सुमोमा सवार भारत नक्सलबारीका ४३ वर्षीय शेखर गहतराज, दार्जिलिङका ३७ वर्षीय एसदिप साशंकर, झापा बुद्धशान्ति–३ का ३७ वर्षीय घनश्याम बिक र सडकमा हिँडिरहेका बुद्धशान्ति–३ का ६५ वर्षीय पैदलयात्री हिरालाल चौधरी घाइते भएका छन्।

पैदलयात्री चौधरीलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते पाँचै जनालाई प्रारम्भिक उपचारका लागि बुधबारेस्थित भागिरथा न्यौपाने अस्पताल लगिएको थियो। तीमध्ये बिसन साशंकर, शेखर गहतराज, एसदिप साशंकर र घनश्याम बिकलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल रेफर गरिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार पैदलयात्रीलाई बचाउने क्रममा ट्रक सुमोसँग ठोक्किएको बताइएको छ। प्रहरीको थप अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update