नेभिगेशन
समाचार

मानिस हराएको सूचना : खोजि कार्यमा सक्दो सहयोग गरौ

कुसे गाउँपालिका–२टालेगाउँका दुई युवा भारतबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्।

स्थानीय धनबहादुर सिंहका १७ वर्षीय छोरा लगन सिंह र रामबहादुर शाहीका करिब २० वर्षीय छोरा तेजेन्द्र शाही भारतको चण्डीगढमा मजदुरी गर्दै आएका थिए। उनीहरूले कार्तिक १३ गते ‘नेपाल आउँदैछौँ’ भनेर परिवारलाई फोन गरेका थिए। तर सो दिनदेखि अहिलेसम्म उनीहरू परिवारसँग सम्पर्कमा आएका छैनन्।

पाँच दिन बितिसक्दा पनि कुनै जानकारी नआएपछि परिवारजन निकै चिन्तित र आतिएका छन्। उनीहरूका आफन्तले विभिन्न माध्यमबाट खोजी जारी राखेका छन् र सहयोगका लागि सबैमा अपिल गरेका छन्।

 

यदि कसैले यी दुई युवालाई कतै देख्नुभएको वा भेट्नुभएको छ भने, नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा तलका नम्बरहरूमा सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।

 

📞 सम्पर्क नम्बरहरू:

९७४५२१४०९७

९७४९२६२४०४

 

परिवारजनले सबैलाई भावनात्मक आग्रह गर्दै भनेका छन् —

“यी हाम्रा छोराहरूलाई देख्नुभयो भने कृपया तुरुन्त खबर दिनुहोस्। तपाईंको सानो सहयोगले हाम्रो परिवारलाई ठूलो राहत मिल्नेछ।” 🙏

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update