नेभिगेशन
समाचार

राम कार्कीको अभिव्यक्ति : ‘हामीले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने ल्याकत राखेनौं’

नेकपा (माओवादी केन्द्र)का नेता राम कार्कीले आफूहरूको पुस्ताले नालायक नेतृत्वलाई प्रतिस्थापन गर्ने क्षमता राख्न नसकेको स्वीकार गरेका छन्।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालको कम्युनिष्ट आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको टिप्पणी गरे। उनका अनुसार केही नेताहरूका लागि पार्टीहरू अझै छन्, तर जनता र नयाँ पुस्ता (जेन–जेड) को दृष्टिले ती पार्टीहरू पहिल्यै विघटन भइसकेका छन्।

कार्कीले भ्रष्टाचारका मुद्दा लागेका नेताहरूले “एकताको स्वाङ” गर्दै उच्च पदमा पुगिरहेको आरोप पनि लगाए। उनले भने, “जेन–जेड युवाहरूको भावना विपरीत, टाउकोमा कल्की झुन्ड्याएर पद पाउनेहरूकै कारण आन्दोलन कमजोर बन्दै गएको छ।”

उनले आफ्नो नयाँ अभियान राजनीतिक दलका लागि मात्रै नभई मजदुर, किसान र गरिब वर्गको सहअस्तित्वमा आधारित समाजवादी संगठन निर्माणका लागि अघि बढाइएको बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update