नेभिगेशन
समाचार

कांग्रेस संस्थापन पक्षको प्रस्ताव : २७–३० वैशाखमा महाधिवेशन गर्नुपर्ने माग

नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।

यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुस महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए। उनले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update