नेभिगेशन
समाचार

कुसे गाउँपालिकाले बाटुल्लेबाट डोजर चलाएर बाटो स्तरउन्नती सुरु गर्यो

लामो समयदेखि अवरुद्ध र बिग्रिएको अवस्थामा रहेको कुसे गाउँपालिका वडा नं. १,२,३,४ जाने बाटोको स्तरउन्नती कार्य आज बाटुल्लेबाट  सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको सक्रिय पहलपछि सुरु भएको यो कामले स्थानीयवासीमा ठूलो आशा जगाएको छ।

अध्यक्ष बस्नेतले जिम्मेवार न्युजसँगको अन्तरवार्तामा “अबको दुईदेखि तीन दिनभित्र बाटो सुधार कार्य पूरा हुनेछ” भन्दै तत्कालीन जनगुनासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

यसअघि स्थानीयहरूले वर्षौँदेखि बाटो स्तरोन्नती नहुँदा यातायात र दैनिक आवागमनमा असुविधा झेल्दै आएका थिए। सोही विषयमा ‘जिम्मेवार न्युज’ले हालै अध्यक्षसँग अन्तरवार्ता लिँदै जनताको प्रश्न र चासो सार्वजनिक गरेको थियो। त्यसपछि तत्कालै सुधार कार्य सुरु भएकोले मिडिया र नागरिकबीचको सहकार्यले प्रत्यक्ष प्रभाव पारेको उदाहरण देखिएको छ।

अध्यक्ष बस्नेतले बाटो ढिलाइका कारण र आगामी योजनाबारे पनि स्पष्ट धारणा प्रस्तुत गर्नुभएको छ, जसको विस्तृत विवरण आज बेलुका ६ बजे ‘जिम्मेवार न्युज’मा प्रसारण हुने अन्तर्वार्तामा हेर्न सकिनेछ।

स्तरउन्नती गर्ने कार्य ढिला भयो त्यो आमनागरिकले भोगेको कुरा हो तर उनले हिजो मात्र भएको अन्तवार्तामा भनेको कुरा अन्तवार्ता सार्वजनिक नहुँदै काम सुरु गरेकोले बोलेको काम पुरा गरेकाले यो कार्यले सकारात्मक सन्देश दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update