नेभिगेशन
समाचार

दैलेखमा जातीय विभेदको कलङ्क : पानी छोएको निहुँमा महिलामाथि निर्मम कुटपिट

दैलेख जिल्लाको आठबिस नगरपालिका–४ राखम, कर्णालीमा जातीय विभेदका कारण एक महिलामाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार पानी छोएको विवादलाई लिएर एक दलित महिलामाथि कुटपिट गरिएको हो। यो घटना बाहिरिएपछि गाउँमा तनाव सिर्जना भएको छ।

मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। दलित अभियान्ता कर्णाली प्रदेशका संयोजक मोहन सुनारले‌ यो घटनालाई लिएर दोषीलाई कारबाही गर्न माग गरेका छन्।

उनीहरूले यसलाई जातीय विभेदविरुद्धको चेतनाको अभावको परिणाम भन्दै पीडितलाई न्याय दिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका छन्।

यस घटनाले फेरि एकपटक कर्णालीमा जातीय समानता र सामाजिक सहअस्तित्वका विषयमा गम्भीर प्रश्न खडा गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update