नेभिगेशन
समाचार

दलित अभियान कर्णाली प्रदेशको परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न

दलितका लागि दलित अभियान कर्णाली प्रदेशको कार्यालयमा आज दलित अभियान्ताहरूको भेटघाट तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा कर्णाली प्रदेश संयोजक मोहन सुनार, जिल्लास्तरीय संयोजकहरू, सञ्चारकर्मी मालती बिकलगायत अभियान्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा आगामी कार्तिक २२ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय सम्मेलनमा कर्णाली प्रदेशका अभियान्ताहरूको सहभागिता, यात्रा व्यवस्थापन तथा प्रस्तुत गरिने एजेन्डाबारे विस्तृत छलफल गरिएको थियो।

संयोजक मोहन सुनारले दलित समुदायका मुद्दा उजागर गर्न कर्णाली प्रदेशका अभियान्ताहरूले एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उहाँले राष्ट्रिय सम्मेलनलाई दलित आवाजलाई सबलीकरण गर्ने ऐतिहासिक अवसरको रूपमा लिने तयारी गर्न आह्वान समेत गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update