नेभिगेशन
समाचार

काभ्रे जिल्ला अदालतले खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा रिहा गर्ने आदेश

काभ्रेपलाञ्चोक जिल्ला अदालतले अधिवक्तामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका खगेन्द्र सुनारलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको अपहेलना र अधिवक्ता मनिषा गौतमविरुद्ध सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरेको आरोपमा सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए।

गौतमले केही समयअघि साइबर ब्यूरोमा उजूरी दिएकी थिइन्, जसमा सुनारले फेसबुकमा अपमानजनक स्टाटस लेखेको र लाइभ प्रसारणमार्फत गालीगलौज गरेको उल्लेख गरिएको छ।

पछिल्लो मन्त्रिपरिषद् विस्तारका क्रममा सुनारको नाम पनि मन्त्रीका लागि सिफारिस सूचीमा परेको थियो। तर, यही मुद्दा सार्वजनिक भएपछि उनको नाम अन्तिम समयमा सिफारिस सूचीबाट हटाइएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update