नेभिगेशन
समाचार

रुकुमपूर्वको मुख्य सडक १९ दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

रुकुमपूर्व हुँदै रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज र डोल्पा जोड्ने रुकुमपूर्वको मुख्य सडक करिब तीन साता बन्द हुने भएको छ।

मध्यपहाडी लोकमार्गअन्तर्गत रानिकोट–किटनी सडकखण्डमा बाँकी रहेको निर्माण कार्य सम्पन्न गर्न यही कात्तिक १२ गतेदेखि ३० गतेसम्म सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार तोकिएको अवधिभर सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ। उनले सर्वसाधारणलाई आवश्यक यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेकी छन्।

प्रशासनका अनुसार ठूला सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत सडक वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ भने साना सवारीसाधनका लागि कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सकिनेछ।

सडक निर्माण कार्य समयमै सम्पन्न गर्नका लागि स्थानीय प्रशासन, निर्माण कम्पनी र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update