नेभिगेशन
समाचार

नारायणगढ–मुग्लिन सडकमा श्रृंखलाबद्ध दुर्घटना, पाँचभन्दा बढी सवारी ठोक्किँदा पाँच जना घाइते

नारायणगढ–मुग्लिन सडकखण्डको गाइघाटमा आज दिउँसो श्रृंखलाबद्ध सडक दुर्घटना भएको छ। एकपछि अर्को गर्दै पाँचवटा भन्दा बढी सवारीसाधन आपसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार एउटा सवारीले अर्को सवारीलाई ठक्कर दिएपछि पछिपछि आएका गाडीहरू पनि ठोक्किँदै गएर दुर्घटना क्रमिक रूपमा बढेको हो।

दुर्घटनामा परेका पाँच जना घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र क्षतिको विस्तृत विवरण भने अझै प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ।

यसबीच दुर्घटनाका कारण सडक केही समय अवरुद्ध भएको र अहिले एकतर्फी यातायात सञ्चालनमा रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update