नेभिगेशन
समाचार

सभामुखले बोलाएको सर्वदलीय बैठक सुरु, कुन-कुन दल छन् सहभागी ?

सभामुख देवराज घिमिरेको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ। बुधबार सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा संसद् विघटनसम्बन्धी विषयमा दलहरूको राय लिन सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा प्रमुख राजनीतिक दलहरू — नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीका प्रतिनिधिहरू सहभागी छन्।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने उक्त छलफलमा सहभागी नभएको एक नेताले बताएका छन्।

संसद् विघटनका विषयमा दलहरूको धारणा बुझ्न सभामुखले गरेको यो बैठकलाई राजनीतिक रूपमा महत्वपूर्ण छलफलको रूपमा हेरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update