नेभिगेशन
समाचार

जाजरकोटमा अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिसको सुरुवात, जिल्लाकी देनिशा सिंह पहिलो लाभग्राही

जाजरकोट जिल्लामा स्थानीय तहबाट अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ। भेरी नगरपालिका वडा नं. ६ बाट आज मिति २०८२ असोज २७ गते (शनिबार)देखि यो प्रणाली कार्यान्वयनमा आएको हो।

 

भेरी नगरपालिकाका नगरप्रमुख श्री चन्द्रप्रकाश घर्तीको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी श्री राजुप्रसाद पौडेलले अनलाइन प्रणालीमार्फत सिफारिस प्राप्त गर्ने पहिलो नागरिकता भेरी–६ निवासी देनिशा सिंहलाई प्रदान गर्नुभयो।

यो नयाँ प्रणाली सुरु भएपछि अब नागरिकका अनुसूचीलगायतका सम्पूर्ण कागजातहरू डिजिटल रूपमा सुरक्षित रहनेछन्। साथै, जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण प्रक्रिया अझ छिटो, सरल र पारदर्शी हुने विश्वास लिइएको छ।

नगरप्रमुख घर्तीले यस प्रणालीले नागरिक सेवामा आधुनिक प्रविधिको उपयोगद्वारा नयाँ युगको सुरुवात गरेको उल्लेख गर्दै सम्पूर्ण वडाहरूमा चरणबद्ध रूपमा यो सेवा विस्तार गरिने जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update