नेभिगेशन
समाचार

सुदन समूहको बाइकमा ‘तिब्बती मूलको रगत’ लेखिएको टी–सर्ट, सामाजिक सञ्जालमा आलोचना

हामी नेपाल’ समूहका अगुवा सुदन गुरुङ नेतृत्वको टोलीले हालैको जेन–जी आन्दोलनमा विशेष पोशाकका साथ सहभागिता जनाएको छ। उनीहरूले लगाएको कालो टी–सर्टमा अंग्रेजीमा “TOB – Tibetan Origin Blood” लेखिएको थियो। टी–सर्टमा तिब्बती मिथकका प्रतीकात्मक चित्रहरू समेत अंकित थिए।

कालो मोटरसाइकलमा सवार उक्त समूहले लगाएको यो टी–सर्ट अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा चर्चामा आएको छ। धेरैले यो सन्देशले संवेदनशील विषय उजागर गरेको भन्दै आपत्ति जनाएका छन्।

यसबारे पहिलोपटक पत्रकार दिवाकर साहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै प्रश्न उठाएका थिए। त्यसपछि विषयले थप ध्यान खिचेको हो।

उक्त ‘Tibetan Origin Blood’ लेखिएको टी–सर्ट स्वतन्त्र तिब्बत अभियानमा सक्रिय संगठनसँग सम्बन्धित रहेको बताइएको छ। सो समूहले आफ्नो फेसबुक पेजमा ‘विश्वभर रहेका स्वतन्त्र तिब्बत पक्षधरहरूको समूह’ भनेर आफ्नो परिचय दिएको छ।

यसअघि पनि ‘हामी नेपाल’ समूहले विभिन्न सामाजिक अभियानमा सहभागिता जनाउँदै आएको छ। तर, यसपटकको ‘तिब्बती मूलको रगत’ लेखिएको टी–सर्टका कारण समूह विवादमा तानिएको देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update