नेभिगेशन
समाचार

हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशीको दुई वर्ष पुरानो भिडिओ सार्वजनिक

प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको झन्डै दुई वर्ष पुरानो भिडिओ हालै सार्वजनिक भएको छ।

सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममा सहभागी हुन इसराइल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर गाजा पुर्‍याएको थियो। त्यसयता विपिन आफैं बोलिरहेको भिडिओ पहिलोपटक सार्वजनिक भएको हो।

इसराइली मिडिया जेरुसलेम पोस्टका अनुसार उक्त भिडिओ २०२३ नोभेम्बरमा खिचिएको हो। झन्डै ३० सेकेन्डको भिडियोमा विपिनले आफूलाई यसरी परिचय दिएका छन् —
“म विपिन जोशी। म नेपालबाट हुँ। २३ वर्षको भएँ। म २५ दिनअघि मात्रै इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ।”

जेरुसलेम पोस्टका अनुसार यो भिडिओ इसराइलले विपिनको परिवारलाई पहिले नै उपलब्ध गराएको थियो तर त्यतिबेला सार्वजनिक नगर्न आग्रह गरिएको थियो। अहिले इसराइली पक्षको अनुमति पछि विपिनको परिवारले नै भिडिओ सार्वजनिक गरेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update