नेभिगेशन
समाचार

बाढीपहिरोले सडक संरचनामा १२ अर्बभन्दा बढी क्षति, मेची राजमार्ग सर्वाधिक प्रभावित

यस वर्षको मनसुनजन्य बाढीपहिरोले देशभरका सडक तथा पुल संरचनामा करिब १२ अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति पु‍र्‍याएको सरकारको प्रारम्भिक अनुमान छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। गत वर्षका विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ अझै बाँकी छ।

यस वर्ष सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको मन्त्रालयले जनाएको छ, जसको पुनर्निर्माणका लागि करिब डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाट–मुग्लिङ राजमार्गको पुनर्निर्माणमा मात्र ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने देखिएको छ।

सरकारले अब ती सडक तथा पुलहरूको दिगो पुनर्निर्माणमा जोड दिने तयारी गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update