नेभिगेशन
समाचार

बर्दियामा १० वर्षीया एन्जिलको निर्मम ह'त्या, खाडलमा पुरिएको अवस्थामा शव फेला

दशैंको उल्लासबीच बर्दियामा घटेको एक घटनाले सम्पूर्ण गाउँ शोकमा डुबेको छ। गेरुवा गाउँपालिका–५ झवैकी १० वर्षीया बालिका एन्जिल देउबा हत्या गरी खाडलमा पुरिएको अवस्थामा मृत फेला परेकी छन्।

 

जानकारी अनुसार, असोज १६ गते दशैंको टीका लगाउन मामाघर जाने भन्दै घरबाट निस्किएकी एन्जिल त्यसपछि सम्पर्कविहीन भएकी थिइन्। परिवार र स्थानीयले खोजी कार्य जारी राखे पनि चार दिनसम्म पत्ता लागिनन्।

 

असोज २० गते सोमबार गाउँ नजिकैको बुढिकुला जंगलमा खोजी टोलीले एन्जिलले लगाएका  चप्पल भेटेपछि घटनाको शंका थप गहिरिएको थियो। सोही चप्पलको आधारमा खोजी गर्दा केही पर खाडलमा पुरिएको अवस्थामा उनको शव फेला परेको हो।

घटनास्थलमा बियरका बोतल र मदिराका खोलहरू भेटिएकाले सो स्थान युवाहरूले रक्सी, गाँजा र चरेस सेवन गर्ने ठाउँका रूपमा परिचित रहेको स्थानीयले बताएका छन्।

प्रारम्भिक अनुमान अनुसार, सोही दिन मातेका केही युवाहरूले एन्जिललाई अपहरण गरी हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। घटनामा संलग्न हुनसक्ने आशंकामा चार जना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको  प्रहरी  जानकारी दिएको छ।

एन्जिलको शव अहिले जिल्ला अस्पताल गुलरियामा राखिएको छ भने पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो दुःखद घटनाले सम्पूर्ण गाउँलाई स्तब्ध पारेको छ। स्थानीय बासिन्दाहरूले दोषीहरूलाई कठोर सजायको माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update