नेभिगेशन
समाचार

प्रमुख आठ नदीमा खतराको तह पार, केहीमा सतर्कताको तह नजिक

अविरल वर्षाका कारण देशका विभिन्न आठ नदीले खतराको तह पार गरेका छन् ।  जल तथा मौसम विज्ञान विभागको आज बिहानसम्मको अद्यावधिक ‘रेकर्ड’अनुसार बागमती, सुनकोशी, अरुण, तमोर, कन्काई, बूढीखोला–सुनसरी, बिरिङ खोला झापालगायत नदीका बाढी मापन केन्द्रहरूमा बाढीले खतराको तह पार गरेका हुन् ।

विभागको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार अन्य १२ नदी केन्द्रहरूमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ । उनका अनुसार कोशी प्रदेशमा बढ्दो, बागमती र मधेस प्रदेशका केहीमा स्थिर र केहीमा घट्दो क्रममा रहेको छ ।

देशभर वर्षाको सम्भावना कायमै रहे पनि काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा ठूलो वर्षाको सङ्कट टरेको विभागले जनाएको छ।

यसैगरी कोशी, मधेस प्रदेश र बागमती प्रदेशका अन्य सबै नदीनालाहरूमा बहाव सतर्कता तह नजिक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

बागमती प्रदेश र मधेस प्रदेशको क्षेत्रमा वर्षाको तीव्रता विस्तारै घट्न सुरु गरेको छ भने कोशी प्रदेशको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको पनि जनाइएको छ ।

यो क्रम अबको केही घण्टा कायम रहन सक्ने देखिएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । ती नदीमा आज बेलुकीसम्मै बाढीको उच्च जोखिमको पूर्वानुमान छ भने मध्यम जोखिम सोमबार बिहानसम्मै रहने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update