नेभिगेशन
समाचार

कुसे गाउँपालिका अध्यक्षमाथि आक्रमण, बचाउन जाने दुई युवा घाइते

FB_IMG_1759073246299-1759073952.jpg
सुर्खेततर्फ जाँदै गरेका कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतमाथि आइतबार बेलुका छेडागाड नगरपालिका–५, चखेलीमा साङ्घातिक आक्रमण भएको छ।

अध्यक्ष बस्नेतमाथि आक्रमण हुँदा उनलाई जोगाउन पुगेका नवराज शाही र दिपेन्द्र सिंह गम्भीर घाइते भएका छन्। घाइते दुबैजनालाई तत्काल उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

अध्यक्ष बस्नेत भने सामान्य अवस्थामा छन् र उनलाई गम्भीर चोटपटक लागेको छैन। आक्रमणमा संलग्नको पहिचान भइसकेको भए पनि अनुसन्धान प्रभावित नहोस् भन्ने कारण देखाउँदै प्रहरीले नाम सार्वजनिक गर्न चाहेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update