नेभिगेशन
समाचार

सल्यानमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

सल्यानमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्। रूकुमबाट दाङतर्फ जाँदै गरेको लु–२–ख ६५०२ नम्बरको जीप सडकबाट करिब ३००–४०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १ महिला र २ पुरुषको घटनास्थलमै मृत्यु भएको छ। यस्तै १ महिला र १ पुरुष गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई थप उपचारका लागि दाङ पठाइएको छ।

मृतक र घाइतेको परिचय र दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

 स्रोत :     रेडियो समावेशी रुकुम 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update