नेभिगेशन
समाचार

२३ वर्षीय दिनेश वलीको जीवनरक्षार्थ सहयोगको अपिल

बर्दिया, बाँसगढी – बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–८ निवासी २३ वर्षीय दिनेश वली हाल जीवन–मृत्युको सङ्घर्षमा छन्। केही महिनाअघि स्वास्थ्यमा समस्या देखिएपछि उनले नेपालका नाम चलेका अस्पताल हुँदै भारतसम्म उपचार गराइरहेका थिए।

विस्तृत परीक्षणपछि उनका बोन म्यारोमा गम्भीर समस्या पत्ता लागेपछि चिकित्सकहरूले तत्काल बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने निष्कर्ष निकालेका छन्। ढिलाइ भए ज्यान जाने उच्च जोखिम रहेको डाक्टरहरूको भनाइ छ।

हाल दिनेश भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर (RGCIRC) मा उपचाररत छन्। उपचार र परीक्षणमा हालसम्म परिवारले सकेसम्म रकम जुटाए पनि अब बोन म्यारो प्रत्यारोपण (Transplant) को ठूलो खर्च धान्न नसक्ने अवस्था आएको परिवारले बताएको छ।

यस कारण उनका परिवार, साथीभाइ र सहयोगी मन भएका महान् व्यक्तिहरूसँग दिनेशको जीवन बचाउनका लागि सहयोगको हार्दिक अपिल गरिएको छ।

“हाम्रो सानो योगदानले पनि दिनेशको जीवन बचाउन ठूलो मद्दत पुग्न सक्छ,” उनका परिवारले भनेका छन्। “तपाईंको सहयोगले उनलाई नयाँ जीवन दिन सक्नेछ।”

सहयोगका लागि=
Name - Dinesh oli
account no - 55502744343
Siddhartha bank 
Bank tel - 9849808065

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update