नेभिगेशन
समाचार

बाँसगढीमा पहाडीपुरबीच डिप ट्युबवेलको शिलान्यास: कृषि क्षेत्रमा सिँचाइ विस्तारको महत्वपूर्ण पाइला

बर्दिया -बाँसगढी, नेपाल सरकार सिँचाइ मन्त्रालयअन्तर्गत महाकाली सिँचाइ व्यवस्थापन कार्यालयद्वारा निर्माण हुने पहाडीपुरबीच डिप ट्युबवेलको शिलान्यास एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरीले गर्नुभएको छ।

बर्दिया -बाँसगढी, नेपाल सरकार सिँचाइ मन्त्रालयअन्तर्गत महाकाली सिँचाइ व्यवस्थापन कार्यालयद्वारा निर्माण हुने पहाडीपुरबीच डिप ट्युबवेलको शिलान्यास एक औपचारिक समारोहका बीच लुम्बिनी प्रदेश सभा सदस्य माननीय भुवनेश्वर चौधरीले गर्नुभएको छ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै माननीय चौधरीले सरकारले जनताले प्रत्यक्ष महसुस गर्ने गरी विकास निर्माणलाई तीव्रता दिएको बताउनुभयो। उहाँले प्रदेशमा जनमुखी कानुन निर्माणका प्रयासहरू अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधि कुनै दलविशेषका नभई सम्पूर्ण जनताको प्रतिनिधि भएको प्रष्ट पार्नुभयो। खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न सके कृषिमा उत्पादकत्व वृद्धि भई आम नेपालीको आर्थिक समृद्धि सुनिश्चित हुने बताउँदै आफू सिँचाइ सुविधा विस्तारका लागि निरन्तर लागिपरेको उहाँको भनाइ थियो।

राजनीतिक दलका नेताहरूको धारणा
कार्यक्रममा लुम्बिनी प्रदेश नेपाली कांग्रेस सदस्य पुस्पलाल श्रेष्ठले कृषकहरूलाई उत्पादनसँग कसरी प्रत्यक्ष रूपमा जोड्न सकिन्छ भन्ने विषयमा कांग्रेस नेतृत्वले सक्रिय पहल गरिरहेको बताउनुभयो।

त्यस्तै, नेपाली कांग्रेस नगर सभापति लोहारी थारुले सिँचाइ र मल अभाव कृषकहरूको मुख्य चुनौती भएको बताउँदै, पार्टी नेतृत्वले यी समस्याको समाधानका लागि निरन्तर दबाब दिइरहेको कारण बाँसगढी क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भइरहेको उल्लेख गर्नुभयो।
 नेपाली कांग्रेस नगर सचिव ओम प्रकाश पौडेले सिँचाइ सुविधा अभावका कारण बाँझो जमिन प्रयोगमा आउन नसकेको समस्याको समाधान गर्ने उद्देश्यले यो योजना अघि बढाइएको छ। स्थानीय सरकार, प्रदेश सरकार र विभिन्न सरोकारवाला निकायहरूको सहकार्यमा कृषिमा नविनतम प्रविधि भित्र्याई किसानहरूको उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ।
यस योजनाले कृषि क्षेत्रमा सिँचाइको पहुँच विस्तार गरी किसानहरूको आयआर्जन सुधार गर्ने मात्र नभई समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको  बताउनुभयो।

वडा नं. ९ का अध्यक्ष चन्द्रबहादुर शाहीले जनताको जीवनस्तर सुधार गर्नु पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, स्थानीय सरकार विकासको मूलधारमा कृषिलाई प्राथमिकता दिँदै अघि बढिरहेको जानकारी गराउनुभयो।
नेक .पा(माओवादी केन्द्र) का वडा नं. ९ इञ्चार्ज भिमबहादुर ओलीले गणतन्त्र स्थापनापछि स्थानीय तहमा विकासका संकेतहरू देखिन थालेको बताउनुभयो। नेकपा (एमाले) वडा कमिटी अध्यक्ष जीवन गौतमले यस योजनाले किसानहरूमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै यो परियोजना जनताको जीविकोपार्जनका लागि वरदान सावित हुने बताउनुभयो।
त्यस्तै, नेपाली कांग्रेस वडा सभापति लक्षिराम थारुले खेतीयोग्य जमिन मात्र भएर किसानलाई पर्याप्त लाभ नहुने भएकाले, प्राथमिक रूपमा सिँचाइ व्यवस्थापनमा जोड दिनु आवश्यक रहेको धारणा राख्नुभयो।
राप्रपा नेपालका नगर प्रतिनिधि रामबहादुर शाहीले विगतका केही जनप्रतिनिधिहरूबाट जनता निराश भए पनि, वडा अध्यक्ष चन्द्रबहादुर शाहीको नेतृत्वमा अहिले सेवा र विकासप्रति प्रतिबद्धता देखिएको उल्लेख गर्नुभयो। उहाँले “गरे के हुँदैन र? नेतृत्वमा इच्छाशक्ति भए परिवर्तन सम्भव छ” भन्दै, यो अभियानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।

बाँसगढी नगरपालिका वडा नं. ८ निवासी  समाजसेवी युवा नेता कृष्णप्रसाद सुवेदीले बाँसगढी नगरपालिकाभित्र अन्य आठ स्थानमा पनि यस्ता योजनाहरू सञ्चालन हुने तयारी भइरहेको जानकारी गराउँदै, बबई सिँचाइ आयोजनाको कमान्ड क्षेत्रभन्दा बाहिरका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा कार्य अघि बढिरहेको बताउनुभयो।

उक्त कार्यक्रम उपभोक्ता समिति अध्यक्ष रामबिलन थारुको अध्यक्षतामा सम्पन्न भएको थियो भने, कार्यक्रमको सञ्चालन युवा व्यवसायी, समाजसेवी एवं युवा नेता ओम प्रकाश पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
Weather Update