नेभिगेशन
समाचार

नेपाल प्रहरीले ४८ जना एसपीको सरुवा

नेपाल प्रहरीले ४८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसपी)हरूको सरुवा गरेको छ। गत भदौ ३१ गतेको निर्णयअनुसार असोज १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको हो।

यसअनुसार विशेष सुरक्षा गण, रातमाटे (मकवानपुर) मा कार्यरत एसपी सन्तोष आचार्यलाई जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा पठाइएको छ। त्यस्तै, बाँकेका एसपी रामप्रसाद घर्तीमगरलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा सुर्खेतमा सरुवा गरिएको छ।

अपराध अनुसन्धान शाखा बनेपामा कार्यरत एसपी अनिल कुमार खड्कालाई मधेश प्रहरी गण, धनुषामा सरुवा गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update