नेभिगेशन
समाचार

पोर्चुगलको विमानस्थलमा आवास अनुमति पत्रधारी आप्रवासीहरू रोकिन थाले, नेपाली समुदायमा त्रास

बुधबार स्थानीय समय अनुसार दिउँसो १२ बजेतिर पोर्चुगलस्थित नेपाली समुदाय र सामाजिक सञ्जालमा एउटा सन्सनीपूर्ण खबर फैलियो – नेपाल फर्कदै गरेका वा चाँडै फर्कने तयारीमा रहेका व्यक्तिहरूको अस्थायी/स्थायी आवास अनुमति पत्र पोर्चुगल सरकारले विमानस्थलमै खारेज गर्न थालेको भन्ने।

दशैंका लागि नेपाल जाने तयारीमा रहेका सयौँ नेपालीबीच यो खबरले त्रास उत्पन्न गराएको छ। धेरैले यसलाई ‘फेक न्युज’ भनेर पन्छाइरहेका बेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन–एनसीसी) पोर्चुगलले भने घटनाको पुष्टि गरेको छ।

एनआरएन–एनसीसीका अनुसार बुधबार मात्र पोर्चुगलको राजधानी लिस्बनस्थित विमानस्थलमा १२ जना आप्रवासीलाई पोर्चुगलको आवास अनुमति पत्रसहित देशबाहिर जान रोक लगाइएको हो, जसमा केही नेपाली पनि परेका छन्।

पोर्चुगलमा रहेका दुई एनआरएन मध्ये एकका अध्यक्ष दीपा काफ्लेले समस्यामा परेका एक नेपालीसँग प्रत्यक्ष सम्पर्क भएको पुष्टि गरेकी छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update