नेभिगेशन
समाचार

महेन्द्ररत्न क्याम्पसमा सहिदहरूको सम्झनामा शोकसभा र दिप प्रज्वलन

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) महेन्द्ररत्न क्याम्पस, ताहाचलद्वारा आयोजित Gen-Z आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूको सम्मानमा आज क्याम्पस प्राङ्गणमा शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा सहभागी वद्यार्थी तथा स्व वि यु सदस्यहरुले  सहिदहरूप्रति मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। देशको लोकतन्त्र, समानता र न्यायका लागि जीवन अर्पण गर्ने सहिदको योगदानलाई स्मरण गर्दै ‘सहिदको सपना साकार पार्न हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित दिप प्रज्वलन गरिएको थियो।

स्ववियु महेन्द्ररत्न क्याम्पसका सभापति ईश्वर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै सहिदहरूको बलिदानलाई क्याम्पसका विद्यार्थीहरूले कहिल्यै नभुल्ने र उनीहरूले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले Gen-Z आन्दोलनमा उठाइएका मुद्दाहरू विद्यार्थी अधिकार र सामाजिक न्यायसँग जोडिएका भएकाले त्यसलाई संस्थागत बनाउन निरन्तर संघर्ष जारी राख्ने बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update