नेभिगेशन
समाचार

जेनजी आन्दोलनमा गण्डकी प्रदेश सरकारका कार्यालय र सम्पत्तिमा ठूलो क्षति

जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारका पोखरास्थित १५ सहित मातहतका २५ भन्दा बढी कार्यालयहरूमा तोडफोड र आगजनी भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ।

भवनसँगै प्रदेश सरकारका ५१ वटा चारपाङ्ग्रे सवारीसाधन जलेका छन् भने चारवटा गाडीमा तोडफोड भएको छ। त्यस्तै ११४ वटा दुई पाङ्ग्रे सवारीसाधन, ५८ एसी, ५१ ल्यापटप, १०३ कम्प्युटर, ५१ फोटोकपि/प्रिन्टर, १५ टेलिभिजन, ६ स्क्यानर, ४ क्यामेरा, ५ भिडियो क्यामेरा, ६ जेनेरेटर, १ डिजिटल बोर्ड, ३ मोबाइल र १७ प्रोजेक्टरमा तोडफोड तथा आगजनी भएको प्रदेश सरकारले जनाएको छ।

यसबाहेक भवनभित्र रहेका फर्निचर र अन्य विद्युतीय सामग्री जलेका छन् भने केही सामानसहित ४ लाख ४२ हजार रुपैयाँ नगद चोरी भएको पनि प्रारम्भिक विवरणमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावल नियुक्त। २. सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना तथा विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकमा धनकुटाका धर्मराज...
Weather Update